भीम रावलको अभियानलाई समर्थन गर्दै ५९ जनाले छाडे एमाले (सूचीसहित)

नेपालभ्युज

भीम रावलको अभियानलाई समर्थन गर्दै ५९ जनाले छाडे एमाले (सूचीसहित)

काठमाडौं । ५९ जना नेता तथा कार्यकर्ताले नेकपा एमाले छाडेका छन् ।

एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै उनीहरुले पार्टी छाडेका हुन् ।

उनीहरुले रावललाई पार्टीबाट निकालिएकोप्रति चर्को विरोध गरेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावललाई अध्यक्ष केपी ओलीको निर्देशनमा २०८१ साल पुस १० गते सचिवालयको बैठकबाट पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको स्वेच्छाचारी निरङ्कुश र तानाशाही निर्णयको हामी विरोध र भर्त्सना गर्दछौँ ।’

एमाले छाड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावललगायत छन् । उनीहरु सबै सुदूरपश्चिमका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved