कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

नेपालभ्युज

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि
फाइल तस्वीर ।

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आज (सोमबार)देखि सुरु हुँदैछ । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको सचिवालयले जनाएको छ ।

प्रदेशसभामा तीनवटा महत्वपूर्ण विधेयक दर्ता भइसकेकाले त्यसमाथि छलफल हुने जनाएको छ ।

कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ दर्ता भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved