काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि घरमै छुरा प्रहार भएको घटनाबारे एकपछि अर्को खुलासा भइरहेका छन् ।
यसै क्रममा अभिनेत्रीसमेत रहेकी उनकी पत्नी करिना कपुर आक्रमणका बेला घरमै भएको तर, रक्ताम्मे अवस्थामा शेफलाई अस्पतालमै छाडेर दिदी करिश्माको घर गएको खुलासा भएको छ ।
आक्रमणकारीले कान्छो छोरा जहाँगीरमाथि आकम्रण गर्न अगाडि बढिरहेको देखेपछि बचाउन शेफ बचाउन आएको करिनाले बताएकी छन् ।
भारतीय सञ्चारमाध्यम अमर उजालाकाअनुसार आत्मरक्षाका लागि तरबार लिन शेफ फर्कंदा आक्रमणकारीले उनलाई चक्कुले हानेका थिए ।
करिनाका अनुसार ती व्यक्तिले घरबाट चोरी भने केही गरेनन् । करिना पनि घाइते शेफसँगै अस्पताल गएकी थिइन् ।
घटनापछि उनी निकै डराएकी थिइन् । त्यसपछि सैफलाई अस्पतालबाट उनी आफ्नी दिदीको घर गइन् ।
यो घटनापछि करिश्माले करिनालाई खारस्थित आफ्नो घरमा लगेकी थिइन् । चक्कुले शेफका घाँटी र हातमा गहिरो चोट लागेको करिनाले बताएकी छन् ।
अस्पतालमा उपचाररत शेफको स्वास्थ्य सुधार हुँदै गएकाले उनलाई सामान्य वार्डमा सारिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
शेफअलीमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ?
५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म
Facebook Comment
Comment