कोशी प्रदेशसभा बैठक २ बजे बस्दै

नेपालभ्युज

कोशी प्रदेशसभा बैठक २ बजे बस्दै

काठमाडौं । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज (सोमबार) अपरान्ह २ बजे बस्ने भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved