अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

नेपालभ्युज

अमेरिकामा फेरि चल्न थाल्यो टिकटक

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ ।

ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।
यसअघि आइतबार टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकी कानुनका आधारमा टिकटकले यस्तो कदम चाल्नुपरेको बताइएको छ । जसले राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै एपमाथि प्रतिबन्ध लगाउन आह्वान गरेको थियो ।

ट्रम्पले टिकटकलाई ९० दिनसम्म खुला गर्न अनुमति दिएको बताएका छन् । विगतमा उनी टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।

प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै अमेरिकामा टिकटक बन्द

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved