त्रिपाठी कुटिएको विरोधमा कालोपट्टी बाँधेर कानून व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

त्रिपाठी कुटिएको विरोधमा कालोपट्टी बाँधेर कानून व्यवसायीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको घटनाको विरोधमा नेपाल बार एसोसिएसनमा कानून व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

आइतबार दिउँसो एसोसिएसनको परिसरमा कानून व्यवसायीले प्रदर्शन गरेका हुन् ।

माघ २ गते वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतको परिसरमा कुटपिट भएको थियो ।

त्रिपाठीले आफूमाथि कुटपिट गर्ने व्यक्तिविरूद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिइसकेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले घटनामा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

तस्वीरहरू – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved