एक्लो महसुस भएको बेलामा कसैले तपाईंलाई अँगालो हाल्छ भने तपाईंले केही हदसम्म शान्त महसुस गर्नुहुन्छ । मेसिन र प्रविधि जति नै विकसित भए पनि तिनीहरू मानवीय भावनाको विकल्प कहिल्यै बन्न सक्दैनन् । यही कारणले गर्दा विश्वका सबैभन्दा विकसित देशमा मानिसहरू सबैभन्दा एक्लो भएका छन् ।
प्रविधिले ल्याएको एक्लोपनको एउटा उदाहरण जापान जस्तो विकसित देश पनि हो । यहाँको अवस्था यस्तो छ कि मानिसहरूले पैसा तिरेर माया खोजिरहेका हुन्छन् । जापानमा एउटा यस्तो क्याफे छ, जसले मानिसहरूलाई खाना–पिनाभन्दा बढी शान्ति र माया दिन्छ । यहाँ आउने ग्राहकले आफ्नो रुचिअनुसार ‘माया’को प्याकेज लिन सक्छन् ।
यसका लागि उनीहरूलाई दर सूची पनि बताइन्छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार यो जापानको राजधानी टोकियोमा रहेको एक विशेष क्याफेले मानिसहरूलाई कडलिङ अर्थात् मायालु व्यवहार गर्ने सुविधा दिन्छ । यस क्याफेको नाम सोइनिया क्याफे हो, जसले मानिसहरूको एक्लोपनको भुक्तानी उपचार दिन्छ । यहाँ भएका वेट्रेसले ग्राहकलाई अँगालो हालेर र मायालु तरिकाले सुताएर मानसिक शान्ति दिन्छन् ।
कति लाग्छ पैसा ?
जापान टुडेको रिपोर्टअनुसार २० मिनेट काखमा सुतेर निदाएको ग्राहकले ३ हजार जापानी येन अर्थात् करिब २ हजार ६०० नेपाली रुपैयाँ तिर्नुपर्छ । यदि उनीहरूले १० घण्टाको सेसन लिन चाहेका त्यो पूरै रात चल्छ । त्यसका लागि ५० हजार येन अर्थात् करिब ४४ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।
यदि कोही केवल ३ मिनटका लागि वेट्रेसको काखमा टाउको राखेर आराम लिन चाहन्छ भने यो काम मात्र १ हजार येन अर्थात् ८०० रुपैयाँमा हुन्छ । यो सुविधा केवल शान्तिको लागि मात्र हो, त्यसैले कसैले पनि वेट्रेसको कपाल छुन सक्दैन वा आफ्नो सीमा नाघ्न सक्दैन । केवल कुराकानी गरेर र साथमा बसेर राम्रो महसुस गर्न मात्र सकिन्छ ।
Facebook Comment
Comment