रवि, छविसहित १४ जनाविरुद्ध चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

नेपालभ्युज

रवि, छविसहित १४ जनाविरुद्ध  चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएको छ ।

पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले बताए । उनले अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको जानकारी दिए ।

विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको प्रतिवेदनमा उल्लेख छ ।

साहारा सहकारी ठगी प्रकरणको मुद्दा ८ भदौमा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । लामिछानेलाई १८ मंसिरमा साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन लगेर बयान लिइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved