धरौटीमा छुटे डा. निकोलस भुसाल

नेपालभ्युज

धरौटीमा छुटे डा. निकोलस भुसाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने  प्रहरी हिरासतमा रहेका बेला सुतिरहेको तस्वीर  सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

साइबर अपराधको कसुरमा बिहीबार पक्राउ परेका ‍उनलाई न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले  ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएक हो ।

शुक्रबार कास्की जिल्ला अदालतमा भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता  गर्दै बयान र थुनछेक बहस भएको थियो ।

यसअघि ७ पुसमा पक्राउ परेका उनलाई न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न  आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved