काठमाडौं । गाजामा बुधबार राति युद्धविराम सम्झौता घोषणा भएयता इजरायली आक्रमणमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
गाजाको सिभिल डिफेन्स एजेन्सीले यसबारे जानकारी दिएको हो ।
प्रवक्ता महमुद बसालले २७ बालबालिका, ३१ महिलासहित १०१ जनाको मृत्यु भएको र २६४ जनाभन्दा बढी घाइते भएको जानकारी दिए ।
उनले भने, ‘हिजो राति उत्तरी गाजाको अल–जुर्न क्षेत्रमा रहेको एउटा घरमा इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको थियो भने हिजो नै मध्य गाजाको एउटा घरमा इजरायली आक्रमणमा थप पाँच जनाको मृत्यु भएको थियो ।’
प्यालेस्टिनी समाचार एजेन्सी वाफाकाअनुसार गाजा पट्टीका धेरै क्षेत्रमा शुक्रबार पनि बमबारी जारी रहेको छ ।
बुधबार अमेरिका र कतारले इजरायल र हमासबीच युद्धविराम सम्झौताको बारेमा पहिलो जानकारी दिएका थिए ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्यो र त्यो अहिलेसम्म जारी छ ।
Facebook Comment
Comment