काठमाडौं । मुम्बईको बान्द्रा प्रहरीले बलिउड अभिनेता शेफअली खानमाथि आक्रमण गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्तिको नाम भने खुलाइएको छैन । ती व्यक्तिसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएका थिए । उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
संदिग्ध व्यक्ति १६ जनवरी बिहानीपख २:३० बजे शेफको घरको छैठौं तलाबाट तल झरेको देखिएको थियो ।
उक्त आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार भएको थियो ।
लिलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीले शेफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको त्यो शल्यक्रिया गरेर निकालिएको जानकारी दिए ।
घटना सैफ–करीनाका सन्तान तैमुर–जेहको कोठामा भएको हो ।
कोठामा उनको हाउसकीपर एरियामा फिलिप उर्फ लिमा उपस्थित थिइन्, जसलाई ती आक्रमणकारीले समातेका थिए ।
उनीहरु चिच्याएको सुनेपछि शेफ बालबालिकाको कोठामा पुगेका थिए । शेफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले । सो क्रममा घाइते भएका कामदारलाई पनि लिलावती अस्पताल लगिएको छ ।
शेफको घरबाट तीन जना घरेलु कामदारलाई सोधपुछका लागि प्रहरी चौकी लगिएको प्रहरीले जनाएको छ ।
यसै क्रममा घरमा काम गर्ने कामदारले प्रहरीलाई बताएकी थिइन् कि उनले बाथरुम नजिकै अचानक छाया देखिन् र करिना आफ्नो छोरालाई भेट्न आएकी होलान् भन्ने सोचिन्, तर पछि उनलाई शङ्का लागेपछि उनी त्यसतर्फ अगाडि बढेकी थिइन् ।
अचानक एक व्यक्तिले महिला कामदारलाई समात्दै धारिलो हतियार देखाएर चुप बस्न धम्की दिए ।
यसैबीच अर्की कामदार पनि आइपुगिन् । यसै क्रममा आक्रमणकारीले बालबालिकाको हेरचाह गर्ने कामदार (आया)सँग एक करोड रुपैयाँ मागेका थिए ।
यसैक्रममा शेफ पनि त्यहाँ पुगे र अभियुक्त र उनीबीच झडप भयो ।
बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको छ । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ ।
अनुसन्धानका लागि क्राइम ब्रान्च शेफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि छन् ।
५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म
Facebook Comment
Comment