दक्षिण सुडानमा झडपमा : एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु

नेपालभ्युज

दक्षिण सुडानमा झडपमा : एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु

जुबा । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपीएलए– आईओ)बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । ‘बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु,’ उनले भने । लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उनले उल्लेख गरे ।

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए ।

कउङका अनुसार एसपीएलए–आईओका मानिसहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीनजना घाइते भए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved