यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो

नेपालभ्युज

यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो

काठमाडौं । राजधानीमा जारी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगताअन्र्गत बिहीबार भएको खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा संकटाले आर्मीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै संकटाले चार खेलबाट सात अंक जोडेको छ भने पाँचौ खेलमा पराजित आर्मी अंकविहीन छ ।

संकटाको जितमा एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले एक/एक गोल गरे । खेलको २१औँ मिनेटमा एल्सनको गोलमार्फत संकटाले पहिलो अग्रता लियो । त्यस्तै खेलको २५औँ मिनेटमा गुन्डसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ८३ औँ मिनेटमा पेम्बाले थप एक गोल गर्दै संकटालाई आर्मीविरुद्ध सहज जित दिलाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved