बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

नेपालभ्युज

बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

झाले बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाले उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेको आरोप छ ।

गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

सोही आदेश गैरकानूनी भएको दाबी गर्दै झा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved