साहब आलम बने ‘प्लेयर अफ द टुर्नामेन्ट’ र ‘बेस्ट बलर’

नेपालभ्युज

साहब आलम बने ‘प्लेयर अफ द टुर्नामेन्ट’ र ‘बेस्ट बलर’

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा साहब आलम ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।

त्रिभुवन आर्मी क्लबका लेफ्ट आर्म स्पीनरले प्रतियोगिताभरि कुल ३३ विकेट लिए । समूह चरणमा मात्र २१ विकेट लिएका आलम ‘बेस्ट बलर’ पनि घोषित भए ।

बेस्ट ब्याटरको अवार्ड मधेस प्रदेशका मयन यादवले प्राप्त गरे । बेस्ट बलर र ब्याटरको अवार्डका लागि समूह चरणको खेललाई मात्र मुल्याङ्कन गरिएको थियो ।

नेपाल पुलिस क्लबका सागर ढकाल भने फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

फाइनलमा आर्मीलाई पराजित गर्न सागरले दुई इनिङ्समा ११ विकेट लिए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved