काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राईले ध्रुव गुरुङ्गसँग इन्गेजमेन्ट गरेकी छन् ।
उनीहरूका साथीभाइ तथा आफन्तजनले सामाजिक सञ्जालमा यस खुशीको क्षणका तस्वीर तथा भिडिओ सेयर गरेका छन् । उनीहरू छिट्टै विवाह बन्धनमा बाँधिने कुरासमेत सार्वजनिक भएको छ ।
लमजुङका गुरुङ पेसाले चिकित्सक हुन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै मेलिनालाई ‘मेरो माया’ भनेर सम्बोधन गरेका छन् ।
उनले इन्स्टाग्राममा मेलिनालाई मेन्सन गर्दै लेखेका छन् – “आउनुहोस्, वर्तमानमा ध्यान केन्द्रित गरौँ र हाम्रो बाटोमा आउने चुनौतीहरूको सामना गरौँ । यो यात्रा हाम्रो हो, प्रत्येक कदमले हामीलाई सुन्दर र अर्थपूर्ण जीवन र गर्व गर्न सक्ने भविष्य सिर्जना गर्न नजिक पुर्याउँछ । आउनुहोस् क्षणहरूको आनन्द लिऔँ, परिस्थितिहरूको सामना सँगै गरौँ र शक्ति, माया र दृढताको कथा बनाऊ । तपाईंको साथमा यो यात्रा सुरु गर्न म धेरै उत्साहित छु ।”
यसअघि सन् २०२२ मा मेलिनाले आफ्नो पूर्व प्रेमीसँगको इन्गेजमेन्ट तोडेकी थिइन् । ३१ वर्षीय मेलिना नेपाली सङ्गीत क्षेत्रकी एक व्यस्त तथा चर्चित गायिका हुन् ।
Facebook Comment
Comment