काठमाडौं । भारतीय अभिनेता शेफअली खानको टोलीले उनको स्वास्थ्यको बारेमा आधिकारिक बयान जारी गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘शेफअली खानको शल्यक्रिया सकिएको छ । उहाँ खतरामुक्त हुनुहुन्छ । हाल उहाँको अवस्था सुधारोन्मुख रहेको र चिकित्सकहरुले प्रगति अनुगमन गरिरहेका छन् । परिवारका सबै सदस्य सकुशल रहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
शेफको न्यूरो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शेफको शल्यक्रिया करिब साढे दुई घण्टासम्म चलेको थियो । अहिले अभिनेतालाई रिकभरी रुममा पठाइएको छ ।
मुम्बई प्रहरीले शेफमाथि आक्रमणको अनुसन्धानका लागि सात टोली गठन गरेको छ । मुम्बई प्रहरीले अनुसन्धान अघि बढ्दै जाँदा स्निफर डग तैनाथ गरेको छ ।
पत्नि करीना कपूरको टोलीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हिजो राती शेफअली खान र करिना कपूर खानको घरमा चोरी गर्ने प्रयास गरिएको थियो । शेफको हातमा चोट लागेको छ जसका लागि उनलाई अस्पतालमा भर्ना गरिएको छ । परिवारका अन्य सदस्यहरु सकुशल छन् । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न र थप अनुमान नगर्न अनुरोध गर्दछौं, किनकि पुलिसले पहिले नै उनीहरूको अनुसन्धान गरिरहेको छ । तपाईंको चिन्ताको लागि सबैलाई धन्यवाद ।’
शेफमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । सो क्रममा खान र ती व्यक्तिबीच झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् ।
आक्रमण लगत्तै आक्रमणकारी घटनास्थलबाट भागेका छन् र मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको छ ।
अपराध शाखाले संदिग्धलाई पक्राउ गर्न समानान्तर अनुसन्धान गरिरहेको एक वरिष्ठ आईपीएस अधिकारीले पुष्टि गरेका छन् । शेफलाई लिलावती अस्पताल लगिएको थियो ।
शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, तीन जना पक्राउ
छुरा प्रहारबाट शेफअलीको शरीरका ६ ठाउँमा चोट
Facebook Comment
Comment