आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी वृत्त गौशालालाई अनुमति दिएको हो ।

अभ्रद व्यवहारसम्बन्धी मुद्दामा गौशाला प्रहरी वृत्तको टोलीले बुधबार तामाङलाई पक्राउ गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको थियो ।

तामाङमाथि कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved