‘कार्साङ’ले अहिलेसम्म कति कमायो ?

नेपालभ्युज

‘कार्साङ’ले अहिलेसम्म कति कमायो ?

काठमाडौं । गत शुक्रबार रिलिज भएको फिल्म ‘कार्साङ’ प्रदर्शनरत छ ।

फिल्मले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन वितरक कम्पनी आरआर फिल्मस्‌ले जनाएको छ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मले दर्शकको साथ पाइरहेको छ ।

फिल्मका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन् । हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायत कलाकारहरूको अभिनय छ ।

यार्सा फिल्म्स र पुरूषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मको निर्माता छायांकारसमेत रहेका पुरूषोत्तम प्रधान हुन् ।

सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताका रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved