मन्त्रीहरूसँग देउवाको बैठक : अध्यादेशबारे पनि छलफल

नेपालभ्युज

मन्त्रीहरूसँग देउवाको बैठक : अध्यादेशबारे पनि छलफल

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा मन्त्रीहरुले देउवालाई सम्बन्धित मन्त्रालयको कामकारबाही, योजना, उपलब्धिलगायतको विषयमा बिफ्रिङ गरिरहेको काङ्ग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

‘सम्बन्धित मन्त्रालयको कामकारबाही मन्त्रीहरुले सभापतिलाई बिफ्रिङ गराइरहनु भएको छ । छलफलमा महामन्त्रीहरु पनि सहभागी हुनुहुन्छ ।’ उनले भने ।

छलफलमा अध्यादेशबारे पनि कुरा भएको चौधरीले जानकारी दिए । ‘महामन्त्रीज्युले अध्यादेशबारे पनि कुरा गर्नुभयो । यस विषयमा सबैजना पोजेटिभ नै छौँ ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved