भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार

नेपालभ्युज

भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार

काठमाडौं । भारतीय चलचित्र नगरी बलिउडका अभिनेता शेफअली खानमाथि छुरा प्रहार भएको छ ।

उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । सो क्रममा खान र ती व्यक्तिबीच झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् ।

खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभिनेत्रीसमेत रहेकी पत्नी करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको बताइएको छ ।

ती व्यक्ति चोरीका लागि खान निवास प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ । छुरा प्रहार गरेर फरार रहेका आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved