म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

नेपालभ्युज

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

एजेन्सी । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मंगलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ ।

गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।

हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो ।

दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए । भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved