देश नबनेसम्म रातदिन नभनी काम गर्छौँ : प्रधानमन्त्री ओली

नेपालभ्युज

देश नबनेसम्म रातदिन नभनी काम गर्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म देश बन्दैन तबसम्म आफूहरू रातदिन नभनी काम गर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले रातारात अध्यादेश ल्याएको भन्दै धेरैले आलोचना गरेको बताए ।

उनले भने, ‘कुनै कानून राति बनाउन पाइँदैन होइन, मज्जाले पाइन्छ । संसद्ले नै दिउँसोदेखि काम गर्दा गर्दै रात पर्छ । राम्रो काम कति बेला चाहिँ गर्न हुँदैन ? बत्ती बालेरै गरेको हुन्छ अँध्यारोमा हुँदैन ।’

उनले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको दाबी गरेका छन् । उनले नेपाली काङ्ग्रेसको शीर्ष नेतृत्व, ब्युरोक्रेसीको नेतृत्व, विज्ञहरूको सल्लाह सुझाव, उद्यमीको समस्या सुनेर मात्रै अध्यादेश ल्याइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved