सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा बिहानैदेखि हुस्सु

नेपालभ्युज

सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा बिहानैदेखि हुस्सु
फाइल तस्वीर ।

काठमाडौं । देशका केही भूभागमा आज (मङ्गलबार) वर्षाको सम्भावना छ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी आज सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहेको पाइएको छ ।

‘सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ ।

साथै आज केही क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ ।

महाशाखाका अनुसार आज बिहानेदेखि तराईंका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved