सरकारको आयुबारे प्रचण्ड : मिति नै तोक्न मिलेन, तर ढल्छ

नेपालभ्युज

सरकारको आयुबारे प्रचण्ड : मिति नै तोक्न मिलेन, तर ढल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आयु छोटो रहेको टिप्पणी गरेका छन् ।

सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।

सरकारको आयुबारे उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन । तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन ।’

नेपाली काङ्ग्रेसकै संस्थापनमै पक्षका नेताहरूको असन्तुष्टिले यो सरकार सहज ढङ्गले अगाडि नजाने देखिएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved