महिला प्रधानमन्त्री कप : लक्ष्मीको कप्तानीमा आर्मीको टोली घोषणा

नेपालभ्युज

महिला प्रधानमन्त्री कप : लक्ष्मीको कप्तानीमा आर्मीको टोली घोषणा

काठमाडौं । महिला प्रधानमन्त्री कपका लागि त्रिभुवन आर्मी क्लबले टोली घोषणा गरेको छ ।

सोमबार लक्ष्मी साउदको कप्तानीमा आर्मीले १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा साउदसहित रुबी पोदार, ङिमा तामाङ, मनिषा के चौधरी, अन्जली विश्वकर्मा, सम्झना खड्का, आश्मा पुलामीमगर, सुस्मिता भुसाल, राधिका पुजारा, सङ्गीता गुरुङ, यमुना थारु, सीता शाही, पिङ्की बोहरा, र ईश्वरी विष्ट छन् ।

यसअघि नै एपीएफ, बागमती, र सुदूरपश्चिम प्रदेशले आफ्नो टोली घोषणा गरिसकेको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा मङ्गलबारदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ ।

उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved