मलालाको गुनासो– तालिबानले महिलालाई मानव मान्दैन

नेपालभ्युज

मलालाको गुनासो– तालिबानले महिलालाई मानव मान्दैन

काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले अफगानिस्तानमा महिलाहरूका लागि तालिबानले बनाएको नीतिलाई चुनौती दिन मुस्लिम नेताहरूलाई आग्रह गरेकी छिन् ।

इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो आग्रह गरेकी हुन् ।

मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानिसको रूपमा हेर्दैनन् ।’

मलालाले मुस्लिम नेताहरूलाई तालिवानले ल्याएको नीतिमा ’इस्लामिक’ नभएको बताएकी छिन् ।

तालिबानले आफ्ना नीतिमार्फत महिलाहरूलाई अध्ययन र काम गर्नबाट रोकेको उनको गुनासो थियो ।

२७ वर्षीया मलालालाई बालिका शिक्षाबारे खुलेर बोलेको भन्दै तालिबानले आक्रमण गरेको थियो । त्यतिबेला उनी १५ वर्षकी मात्र थिइन् ।

मलालाको टाउकोमा गोली लागेको थियो । त्यसपछि उनलाई उपचारका लागि बेलायत लगिएको थियो ।

गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नष्ट गरेको छ : मलाला युसुफजाई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved