लस एन्जलसको आगो निभाउन कैदी परिचालन, तलब पाउने, सजाय माफ हुने

नेपालभ्युज

लस एन्जलसको आगो निभाउन कैदी परिचालन, तलब पाउने, सजाय माफ हुने

काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ । आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।

विभिन्न प्रयासको बावजुद जो बाइडन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ । यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावा हो ।

अर्कोतर्फ, आगो निभाउने कामलाई तीव्रता दिन लस एन्जलसका जेल विभागहरूले बम्पर प्रस्ताव ल्याएका छन् । आगो निभाउन दमकललाई सहयोग गर्ने कैदीको सजाय घटाउने योजना बनाइएको छ ।

हरेक दिन आगो निभाउन सहयोग गरेबापत सजाय दुई दिन घटाउने सम्झौता भएको छ । साथै, तलब छुट्टै दिइनेछ ।

सीएनएन रिपोर्टकाअनुसार जेलका कैदीहरूले अग्नि विभागसँगै लस एन्जलसमा कन्टेनमेन्ट लाइन खन्ने गरेको देखिएको छ ।

अर्कोतर्फ, क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागकाअनुसार अहिले जम्मा ९३१ कैदीहरू जङ्गलमा लागेको आगो निभाउन २४ घण्टा काम गरिरहेका छन् ।

उनीहरूले क्यालिफोर्नियाको विनाशकारी आगोको फैलावटलाई सुस्त बनाउन प्रयास गरिरहेका छन् ।

कैदीहरूको क्षमताको आधारमा उनीहरूलाई जङ्गलमा लागेको आगो निभाउनको लागि प्रति दिन ५.८० देखि १०.२४ डलरसम्म भुक्तानी गरिनेछ ।

आपत्‌कालीन सेवाहरूमा तोकिएको खण्डमा कैदीहरूले प्रतिघण्टा थप १ डलर पाउनेछन् । धेरैजसो कैदीहरूलाई आगो निभाउन मद्दत गरेकोमा २-का लागि-१ क्रेडिट दिइएको छ । यसको मतलब कैदीहरूले आगो निभाउनको लागि आपतकालीन सेवाहरूमा काम गर्ने हरेक दिनको लागि आफ्नो सजायमा दुई दिन थप छुट पाउन सक्छन् । यसबाहेक सहयोगी कर्मचारीले १ क्रेडिटको लागि १ प्राप्त गर्नेछन् । जहाँ एक दिन काम गरेमा मात्र एक दिनको सजाय माफ हुनेछ ।

क्यालिफोर्निया विभागको सुधार र पुनर्वास सचिव जेफ म्याकोम्बरले सीएनएनलाई भने – जङ्गलमा लागेको आगो क्यालिफोर्नियाका लागि ठूलो चुनौती हो । दमकल विभाग आगो निभाउन पूर्ण रूपमा समर्पित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved