लस एन्जलस आगलागी : मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, आगो अझै फैलन सक्ने

नेपालभ्युज

लस एन्जलस आगलागी : मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, आगो अझै फैलन सक्ने

काठमाडौं । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

नेपाली समयअनुसार सोमबार बिहानसम्ममा मृतकको सङ्ख्या २४ पुगेको अमेरिकी सरकारले जनाएको छ ।

लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीले मृत्यु हुनेको सङ्ख्या २४ पुगेको बताएका हुन् । जबकि ती अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए ।

क्यालिफोर्नियाका मौसमविद्हरूले सो क्षेत्रमा थप तीव्र हावा चल्ने भएकाले आगलागी अझै फैलन सक्ने चेतावनी दिएका छन् ।

अझै तीन ठाउँमा लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । दमकलले आगो निभाउने प्रयास भइरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

यस आगलागीका कारण इटन क्षेत्रमा १६ तथा पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।

आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकड जमिनभन्दा बढी क्षेत्र जलेको छ ।

आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved