स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

नेपालभ्युज

स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुर । मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कूलको ना १ क ९२५० नम्बरको बसले ठक्कर दिँदा सोही वडाकी दुई वर्षीया पूजा थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका चन्द्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved