१३ जना सचिवको सरुवा, को कहाँ ?

नेपालभ्युज

१३ जना सचिवको सरुवा, को कहाँ ?

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवकाे सरुवा र दुई जनालाई कायममुकायको जिम्मेवारी तोकेको छ ।

सरकारले कृष्णहरि पुष्करको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ  ।

पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डेको सरुवा गरिएको छ । यस्तै, महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्थ, निर्वाचन आयोगमा भरतमणि सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुमनराज अर्याललाई सरुवा गरिएको छ भने कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई पठाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्सालको सरुवा भएको छ भने चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

बागमती प्रदेशमा महादेव पन्थलाई पठाइएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेशको कामुप्रदेश सचिव र मदन भुजेललाई मधेस प्रदेशको कामुसचिवको जिम्मेवारी तोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved