नक्कली वक्तव्य जारी भएपछि कांग्रेसले भन्यो- भ्रमित गतिविधिबाट प्रभावित नहुनु

नेपालभ्युज

नक्कली वक्तव्य जारी भएपछि कांग्रेसले भन्यो- भ्रमित गतिविधिबाट प्रभावित नहुनु

काठमाडौं ।  नेपाली कांग्रेसले  सभापति शेरबहादुर देउवाको नामबाट जारी भएको नक्कली प्रेस वक्तव्यको भ्रममा नर्पन आग्रह गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आईतबार एक विज्ञप्ति जारी गर्दै  भ्रमित गतिविधिबाट प्रभावित नहुन आग्रह गरेका हुन् ।

पौडेलले भनेका छन्, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्योल सिर्जना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

हतास मनस्थितिबाट घृणित कार्य गरिएको  विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध समेत गरेको छ ।

यसअघि देउवाले वर्तमान सरकारको कार्यशैलीको विरोध गरेको र अध्यादेशको पनि घोर भर्त्सना गरेको भन्दै सामाजिक संजालमा नक्कली विज्ञप्ति भाइरल भएको थियो ।

यस्तो छ देउवाको नामबाट जारी गरिएको वक्तव्य 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved