सुनको मूल्यमा भारी वृद्धि

नेपालभ्युज

सुनको मूल्यमा भारी वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । शुक्रबार पनि सुन प्रतितोला ८०० रुपैयाँले बढेको थियो ।

शुक्रबार प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको महासङ्ले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved