जय ट्रफी

पहिलो दिन आर्मीविरुद्ध मधेस १२१ रनले पछि, आलमले लिए ६ विकेट

नेपालभ्युज

पहिलो दिन आर्मीविरुद्ध मधेस १२१ रनले पछि, आलमले लिए ६ विकेट

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेश पहिलो दिनमा १२१ रनले पछाडि परेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा आफ्नो पहिलो इनिङ्समा मधेस ३५.५ ओभरमा १०२ रनमा अलआउट भएको थियो । साथै, मधेसले १ ओभरमा २ रन बनाउँदै दोस्रो इनिङ्स पनि डिक्लेर गरेको छ ।

यससँगै मधेस १२१ रनले पछाडि परेको छ ।

पहिलो इनिङ्समा मधेसका लागि हरिशङ्कर साहले ३१ रन बनाए । अभिषेक तिवारीले १३ र मयन यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

आर्मीका लागि भने साहब आलमले ६ विकेट लिए । उनले ९ ओभरमा ३२ रन खर्चेर आफ्नो फाइफर पूरा गरेका थिए । सो क्रममा उनले ५ मेडन ओभर फाले ।

आलमले १४.६ ओभरमा निरज यादवलाई, १८.२ मा हरिशंकरलाई, २२.२ मा विशाल पटेललाई आउट गरे । उनले एकै ओभरमा लगातार २ विकेट पनि लिए । उनले २६.२ ओभरमा अभिषेक तिवारी र २६.३ ओभरमा रुपेश सिंहलाई आउट गरे ।

यस्तै, सोमपाल कामी, आकाश चन्द, र बसिर अहमदले १–१ विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा आर्मीले ५९.३ ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनाएको थियो ।

मधेसविरुद्ध आर्मीले बनायो उच्च स्कोर, रञ्जित कुमारको फाइफर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved