मधेसविरुद्ध आर्मीले बनायो उच्च स्कोर, रञ्जित कुमारको फाइफर

नेपालभ्युज

मधेसविरुद्ध आर्मीले बनायो उच्च स्कोर, रञ्जित कुमारको फाइफर

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशविरुद्ध पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लबले २२५ रन बनाएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा आर्मीले ५९.३ ओभरमा ९ विकेटको क्षतिमा २२५ रन बनाएको हो ।

अन्तिम ३ बल बाँकी रहँदा आर्मीले इनिङ्स डिक्लेर गरेको हो ।

आर्मीका लागि भीम सार्की र बसिर अहमदले अर्धशतकीय पारी खेले । भीमले ९३ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए भने बसिरले ९८ बलमा ७ चौका प्रहार गर्दै ६७ रनको योगदान गरे ।

ओपनर इमरान शेखले ४२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । उनले १६.३ ओभरमा ४४ रन खर्चे । सो क्रममा उनले ३ मेडन फाले ।

उनले २०.५ ओभरमा इमरान शेख, २८.३ ओभरमा विवेक यादव, ५३.४ ओभरमा भीम सार्की, ५७.४ ओभरमा सोमपाल कामी र ५९.३ ओभरमा सोमपाल कामीलाई आउट गरे ।

प्रदिप पासवानले २ तथा हरिशङ्कर साह र अभिषेक तिवारीले १ विकेट लिए ।

अहिले मधेसले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved