प्राधिकरणमा केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू : उच्च अदालत

नेपालभ्युज

प्राधिकरणमा केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्नू : उच्च अदालत

काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य लक्ष्मण केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले गत २ पुसमा केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेपछि सो निर्णय बदरको माग गर्दै रिट दायर भएको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved