पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु, ३ बालिका घाइते

नेपालभ्युज

पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु, ३ बालिका घाइते

रोल्पा । रोल्पाको माडी गाउँपालिका-१ मा  पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो  सुन्तला बोकेर नेपालगन्ज जाँदे गरेको लु १ च ८६८७ नम्बरको भ्यान ब्रेक फेल भएर सडकदेखि करिब २० मिटर खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माडी-१ भिताबाङका २० वर्षीय चालक हुकुम घर्ती मगरको च्यापिएर मृत्यु भएको छ । यस्तै भ्यानमा सवार ३ बालिका गम्भीर घाइते भएको बताइएको छ ।

घाइते हुनेमा त्रिवेणी गाउँपालिका-४ की १४ वर्षीया दिलमाया घर्ती मगर, १२ वर्षीया सरिता घर्ती मगर र त्रिवेणी-२ नुवागाउँकी ११ वर्षिया करुणा बाठामगर छन् ।

उनीहरु पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएर घर फर्कन लिफ्ट मागेर भ्यानमा चढेको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved