सुप्रिम सहकारी ठगी : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, रविसँग ४ करोडभन्दा बढी बिगो दाबी

नेपालभ्युज

सुप्रिम सहकारी ठगी : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, रविसँग ४ करोडभन्दा बढी बिगो दाबी

काठमाडौं । रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

शुक्रबार बुझाएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई मुद्दा चलाउन राय दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं एसपी रन्जितसिंह राठौरकाअनुसार प्रतिवेदनमा पुराना र नयाँ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ ।

प्रतिवेदनमा रविसँग ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना भएको आरोप छ ।

सुप्रिमको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख छ ।

यस विषयमा कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार कास्की जिल्ला अदालतबाट छुटेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा त्यहाँ उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

रवि फेरि पक्राउ पर्लान् ? कसरी बढ्नेछ अबको प्रक्रिया ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved