नाटक ‘महासत्व’ – नमो:बुद्ध र शाक्यमुनीको कथा (तस्वीरहरू)

नाटक ‘महासत्व’ – नमो:बुद्ध र शाक्यमुनीको कथा (तस्वीरहरू)

काठमाडौं । टेकुस्थित कौशी थिएटरमा वज्र कला कुञ्जले सांस्कृतिक तथा पौराणिक नाटक ‘महासत्त्व’ को यही पुस २५ गते बिहीबारदेखि मञ्चन जारी छ ।

यो नाटक नमो:बुद्धको स्थापना र शाक्यमुनी बुद्धको जन्मको कथामा आधारित छ ।

तत्कालीन पाञ्चाल र हालको पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छा राजकुमार थिए, महासत्त्व ।

पाञ्चाल राज्यमा हुन लागेको महापूजाको लागी अश्वेत फूल खोज्न सैनिक सहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रहालद र महादेव जंगल गएपछि भोकाएकी बघिनीसँग उनीहरुको भेट हुन्छ ।

शिकार गर्न नसक्ने अवस्थामा आफ्ना ४ वटा डमरूसहित मृत्युसँग लडिरहेकी बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीर दान दिएर बचाउँछन् । यसरी महादान दिएका राजकुमारको त्यही मृत्यु हुन्छ र कालान्तरमा उनी शाक्यमुनी बुद्ध भएर जन्मिन्छन् । उनले शरीर दान दिएर मृत्युवरण गरेको क्षेत्र नमो:बुद्धको नामले प्रसिद्ध हुन्छ ।

चन्द्रमान मुनिकारको कथा, परिकल्पना तथा निर्देशनमा बनेको नाटकलाई इङ्गी होपो कोइच सुनुवारले नाट्य रूपान्तरण गरेका छन् ।

बौद्ध धर्मको नौ वटा ग्रन्थमध्ये सुवर्णप्रभासुत्रम शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वको प्रसङ्ग निकालिएको निर्देशक मुनिकार बताउँछन् ।

मुनिकारकाअनुसार करिब ६ महिनाको अध्ययन, अनुसन्धान र बौद्ध धर्मका विद्वानसँगको परामर्शपछि यो नाटक तयार पारिएको हो ।

माघ ५ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु सुदन मान मुनिकार, सङ्गीता थापा मगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुशी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डेको अभिनय रहेको छ ।

नाटक ‘महासत्व’ हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

नमो: बुद्ध – राजकुमारले आफ्नो मासु बघिनी र डमरूलाई खुवाएको ठाउँ (तस्वीरहरू)

तस्वीरहरु:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved