सडकमार्गबाट काठमाडौं आउँदै रवि लामिछाने

नेपालभ्युज

सडकमार्गबाट काठमाडौं आउँदै रवि लामिछाने
फाइल तस्वीर ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका रवि लामिछाने काठमाडौंतर्फ लागेका छन् ।

करिब आधा घण्टाअघि सडकमार्गबाट रवि काठमाडौंतर्फ लागेको रास्वपाका एक नेताले जानकारी दिए ।

यसअघि उनी हवाईमार्गबाट काठमाडौं आउने तयारी थियो । तर, टिकट रद्द गरेर सडकमार्गबाट काठमाडौंतर्फ लागेका हुन् ।

बिहीबार साँझ जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । साँझ नै धरौटी बुझाएर रिहा भएका थिए ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved