रवि छुटेपछि सूर्य थापाका तीन स्टाटस – ६५ लाख धरौटीमा रिहा-सफाइ !

नेपालभ्युज

रवि छुटेपछि सूर्य थापाका तीन स्टाटस – ६५ लाख धरौटीमा रिहा-सफाइ !

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापति रहेका थापाले सामाजिक सञ्जालमा तीन वटा स्टाटस लेखिसकेका छन् ।

रविबारे अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुने उनको भनाइ छ ।

उनले रविबारे पहिलो स्टाटसमा लेखेका छन्, ‘कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन – सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा ।’

दोस्रो स्टाटसमा लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ । त्यसनिम्ति ७३नं । को व्यवस्था मौजुद नै छ !’

उनले आज बिहानमात्रै थप एक स्टाटस लेखेका छन् । जसमा उनले ‘रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट….’ लेखेका छन् ।

बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो ।

उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved