नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधार ल्याउन आवश्यक : सन्दीप लामिछाने

नेपालभ्युज

नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधार ल्याउन आवश्यक : सन्दीप लामिछाने

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेपालको अम्पायरियङप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत सन्दीपले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका हुन् ।

सन्दीपले लेखेका छन् ,‘म यो कुरा भन्नु हुँदैन, तर नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधार ल्याउन आवश्यक छ। यो धेरै समयदेखि स्थिर रहेको छ, र आवश्यक कदम नचालिए अत्याधिक खेलाडीहरूले गलत निर्णयका कारण भविष्यमा पनि दुःख पाउने सम्भावना छ।’

सन्दीपले नियमित रुपमा प्रतिवेदन बुझाए पनि सुधार नभएको गुनासाे गरेका छन् । ‘हामी क्याप्टेनको प्रतिवेदन रेफ्रीलाई बुझाउँछौं, तर मैले कुनै परिवर्तन भएको देख्दिनँ। खेलको निष्पक्ष विकास र खेलाडीहरूको प्रगतिका लागि अम्पायरिङको गुणस्तर बढाउनु अत्यन्तै आवश्यक छ, ’ उनी लेख्छन् ।

सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्दै आवश्यक सुधार तर्फ काम गरिने सन्दीपले आशा व्यक्त गरेका छन् । जारी जय ट्रफीमा उनले बागमती प्रदेशको कप्तानको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

बिहीबार आर्मीसँगको खेलमा सन्दीपले अम्पायरसँग मैदानमा असहमति जनाएका थिए । कप्तानी भूमिकामा रहेका सन्दीपले २७ ओभरमै खेल समाप्तीमा लागि अपिल गरेका थिए । तर, अम्पायरले खेल रोकेनन् । २८.४ ओभरमा खेल सकिएको घोषणा गरे । खेल सकिए पश्चात: अम्पायर र सन्दीपबीच केही भनाभन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved