दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश

नेपालभ्युज

दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

यस्तै अदालतले उनका सहयोगी हरिचन्द्र फुयाँललाई पनि धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई जनही तीन/तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले बताए ।

पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो । सोही मुद्दाका अर्का आरोपित रामचन्द्र मैनाली भने फरार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved