आर्मी र बागमती बीचको खेल ड्र

नेपालभ्युज

आर्मी र बागमती बीचको खेल ड्र
तस्वीर - क्यान

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश बीचको खेल ड्र भएको छ ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा भएको खेल बराबरीमा सकिएको हो ।

दोस्रो इनिङ्समा २०४ रनको लक्ष्य पछ्याएको बागमतीले २८.४ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउन सक्यो ।

बागमतीका लागि शुभ कंशकारले ३३ र नन्दन यादवले  १३ रन बनाए ।

रित गौतमले १६, इशान पाण्डेले ६ र आषुतोश घिरैयाले ४ रन बनाए ।

आर्मीका लागि पवन कार्की र आकाश चन्दले २-२ तथा कुशल मल्लले १ विकेट लिए ।

यसअघि आर्मीले दोस्रो इनिङ्समा २५.३ ओभरमा ८ विकेटको क्षतिमा १२७ रन बनाउँदा इनिङ्स डिक्लेर गरेसँगै बागमतीले २०४ रनको लक्ष्य पाएको थियो ।

इमरान र बसिरको अर्धशतक, आर्मी उच्च स्कोरतर्फ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved