रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपालभ्युज

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार सो आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेसँग ६५ लाख धरौटी माग गरिएको छ ।

अब पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अदालतले तोकेको धरौटी बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्नेछन् ।

बिहीबार मात्रै सो मुद्दामा थुनछेक बहस सकिएको थियो ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved