खाने होइन त तरुल ! (तस्वीरहरू)

खाने होइन त तरुल ! (तस्वीरहरू)

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालिमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल किन्नेको भिड देख्न सकिन्छ । विशेषत: माघे सङ्क्रान्तिमा खाइने यो कन्दमुलको यो चाडमा माग हुने गर्दछ ।

व्यापारीकाअनुसार अहिले कालिमाटीमा देशका विभिन्न क्षेत्रबाट करिब एक लाख टनभन्दा बढी तरुल भित्रिएका छन् ।

विशेषगरी तराईका सर्लाही, नवलपरासी लगायत र पहाडी जिल्ला नुवाकोट, सिन्धुलीबाट काठमाडौंमा तरुल भित्रने गर्दछन् ।

तरुलको जात र प्रजातिअनुसार त्यसको भाउ रहने गरेको छ । अहिले कालीमाटीमा प्रतिढक (पाँच किलो) आकाशे तरुल रु. ५००, वन तरुल रु. ४५०, निलो तरुल रु. ४००, घर (सेतो) तरुल रु. ४००, सिमल तरुल रु. २५० र हात्तीपाइले तरुल रु. ३५० मा बिक्री भइरहेको छ ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved