‘मनका कुरा सिजन–टू’ लिएर आउँदै वसन्त चौधरी

नेपालभ्युज

‘मनका कुरा सिजन–टू’ लिएर आउँदै वसन्त चौधरी

काठमाडौं । उद्योगी वसन्त चौधरी टेलिभिजन टक शो ‘मनका कुरा सिजन–टू’ लिएर दर्शक–स्रोतामाझ आउने भएका छन् ।

‘मनका कुरा विथ वसन्त चौधरी सिजन–टू’ नाम दिइएको यो कार्यक्रम प्राइम्स टाइम्स टीभीबाट प्रसारण हुनेछ ।

यो टक शो चाँडै आउने गीतकार तथा कविसमेत रहेका चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

अघिल्लो सिजनमा दर्शक–स्रोताले दिएको मायाले उत्साहित भएर आफूले सिजन–टू ल्याउन लागेको उनले बताएका छन् ।

‘अघिल्लो सिजनमा अलि बढी औपचारिक भएँकि जस्तो लाग्यो । यस सिजनमा दिल खाेलेर कुरा गर्न आउनेछु ,’ उनले भनेका छन् ।

सीजी इन्टरटेरमेन्टको प्रस्तुतिमा यो टस शो सुरु हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved