सहकारी ठगी प्रकरणमा जोडिएकी ऋषिकेश पत्नी अञ्जला १० लाख धरौटीमा रिहा

नेपालभ्युज

सहकारी ठगी प्रकरणमा जोडिएकी ऋषिकेश पत्नी अञ्जला १० लाख धरौटीमा रिहा

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला रिहा भएकी छिन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले कोइरालालाई १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।

अदालतको आदेश बमोजिम उनी १० लाख धरौटी बुझाएर रिहा भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएपछि आजै बयानपछि थुनछेक बहस भएको थियो ।

पेशाले शिक्षक समेत रहेकी उनी मुद्दा दर्तापछि फरार थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved