काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा बुलेट प्रुफ सिसा लगाइएको छ ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाएको थियो । त्यसपछि सलमानको घरमा सुरक्षा बढाइएको थियो ।
अहिले उनी बस्ने घरको बालकनी र झ्यालमा बुलेट प्रुफ सिसा लगाइएको छ ।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि जडानको काम चलिरहेको थियो । अहिले अपार्टमेन्टको एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ सिसा देखिएको छ ।
एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको बताएको छ । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।
सलमान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा पहिलो तल्लामा बस्छन् ।
Facebook Comment
Comment