‘स्पाइडरम्यान’ जोडी टम र जेन्डायाले गरे इन्गेजमेन्ट

नेपालभ्युज

‘स्पाइडरम्यान’ जोडी टम र जेन्डायाले गरे इन्गेजमेन्ट

काठमाडौं । चर्चित हलिउड फिल्म ‘स्पाइडरम्यान’का जोडी टम हल्याण्ड र जेन्डायाले इन्गेजमेन्ट गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार क्रिसमस र न्यू इयरको बीचमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक समारोहबीच हल्याण्डले घुँडाले भुइँमा टेकेर जेन्डायालाई प्रस्ताव राखेका थिए ।

गोल्डेन ग्लोब्स समारोहमा जेन्डायाले हीराको औंठी लगाएकी थिइन् । उनीहरु विरलै सार्वजनिक कार्यक्रमहरूमा सँगै उपस्थित हुन्छन् र प्राय: रातो कार्पेट एक्लै हिँड्छन् । सन् २०२१ मा सार्वजनिक ठाउँमा चुम्बन गरेपछि दुईले आफ्नो सम्बन्धलाई स्वीकारेका थिए ।

चाँडै उनीहरुले बिहेको तयारी गरेका छन् ।

‘स्पाइडरम्यान’ श्रृंखलामा जेन्डाया र टम जोडीको रुपमा देखिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved